नियम
३९. मूल नियमावलीको नियम १०१ मा संशोधन

मूल नियमावलीको नियम १०१ को सट्टा देहायको नियम १०१ राखिएको छ ।

“१०१. कर्मचारीको दैनिक भत्ता तथा भ्रमण खर्च सम्बन्धी व्यवस्थाः (१) स्थानीय कार्यरत कर्मचारीहरूले पाउने दैनिक भत्ता तथा भ्रमण खर्च सम्बन्धी
व्यवस्था देहाय बमोजिम हुनेछ ः–
(क) स्थानीय निकायको काममा भ्रमण वा काज खटाउन सक्ने अधिकारी स्थानीय निकायको काममा मुलुक भित्र
भ्रमण वा काजमा जिल्ला विकास समितिको सचिव र सो सरहको कर्मचारीलाई स्थानीय विकास मन्त्रालयले र सोभन्दा मुनिका कर्मचारीलाई सम्बन्धित स्थानीय
निकायको सचिव वा निजले अधिकारी सुम्पेको अधिकृतले खटाउन सक्नेछ ।

(ख) कुनै पनि स्थानीय निकायको पदाधिकारी वा कर्मचारीलाई मुलुक बाहिर स्थानीय निकायको काममा भ्रमण वा काजमा खटाउनु पर्दा स्थानीय विकास मन्त्रालयले खटाउन सक्नेछ ।

(ग) स्थानीय निकायको काममा भ्रमण वा काजमा खटाउ“दा भ्रमण आदेश भरी अनुसूची–१५५ को ढा“चामा अभिलेख राखी भ्रमण वा काजमा खटाउनु पर्नेछ । भ्रमण यथासम्भव कम खर्चिलो बाटो वा साधनबाट गर्नु पर्ने गरी तोकिदिने कर्तव्य भ्रमण वा काजमा खटाउन सक्ने अधिकारीको हुनेछ ।

(घ) दैनिक भत्ता तथा भ्रमण खर्च दिने प्रयोजनको लागि कर्मचारीहरूलाई देहाय बमोजिम वर्गीकरण गरिएकोछ
(१) जिल्ला विकास समिति वा नगरपालिकाको सचिव – प्रथम तह
(२) अधिकृतस्तरका कर्मचारी – द्वितीय तह
(३) अन्य कर्मचारी – तृतीय तह

(ङ) स्थानीय निकायको कामको सिलसिलामा नेपालभित्र भ्रमण गर्नु पर्दा भ्रमणको लागि टिकट लिनु पर्ने भएमा टिकटलाई लागेको खर्च भुक्तानी दिइनेछ ।

(च) स्थानीय निकायको कुनै कर्मचारीले कुनै भ्रमणको साधनको टिकट लिईसके पछि भ्रमणमा खटाउने अधिकारीको आदेशबाट उक्त टिकट फिर्ता गर्नु पर्ने
भएमा निजले त्यसरी टिकट फिर्ता गरे बापत लाग्ने महसूल कार्यालयबाट पाउनेछ । टिकट फिर्ता गर्नु पर्ने वा हवाई उडानको मिति परिवर्तन भई सो दिन उडान नभै घर फर्कनुपर्ने स्थिति भएमा सम्बन्धित निकायबाट प्रमाणित गराई त्यस्तो कर्मचारीले ट्याक्सी, रिक्सा, बस भाडाको रकम भुक्तानी कार्यालयबाट लिन पाउनेछ ।

(छ) हवाई यातायातको सुविधा प्रयोग गरी जान सकिने स्थानमा उक्त सुविधा पाउने कर्मचारीले सतहमा चल्ने सार्वजनिक यातायात (ट्याक्सी बाहेक) का साधनबाट भ्रमण गरेमा निजले त्यस्तो सार्वजनिक यातायातको साधनको भाडा दरको दोब्बर रकम पाउनेछ ।

(ज) स्थानीय निकायको कामको सिलसिलामा आÇनो कार्यालयभन्दा बाहिर भ्रमणमा गई फर्कन नसकी रात बिताउनु पर्ने भएमा भ्रमण वा काजमा खटिएका कर्मचारीले अनुसूची–१५१ बमोजिमको दैनिक भत्ताको अतिरिक्त सोही अनुसूचीमा उल्लिखित रकममा नबढाई बिल बमोजिमको बढीमा सात दिनसम्मको होटल बास खर्च पाउनेछ ।

(झ) बस वा अन्य सार्वजनिक यातायातको सुविधा प्राप्त हुने ठाउ“मा एकै दिन गई फर्कने गरी स्थानीय निकायको काममा काज खटी जाने कर्मचारीले यस नियमावली बमोजिम भ्रमण खर्च मात्र पाउनेछ ।

(ञ) कुनै कर्मचारीले भ्रमण वा काजको सिलसिलामा बिदा लिई बसेमा यस्तो बिदामा बस्दाको अवधिको निजले दैनिक भत्ता तथा भ्रमण खर्च पाउने छैन ।
(२) एक स्थानीय निकायबाट अर्को स्थानीय निकायमा सरुवा वा बढुवा भई एक जिल्लाबाट अर्को जिल्लामा जा“दा देहाय बमोजिम दैनिक भत्ता तथा
भ्रमण खर्च दिईनेछ । तर होटल बास खर्च दिइने छैन ः–
(क) एक जिल्लाबाट अर्को जिल्ला वा सोही जिल्लाको एक स्थानीय निकायबाट ६ कोषभन्दा बढी दूरी भएको अर्को स्थानीय निकायमा सरुवा, बढुवा वा
कायम मुकायम भै जाने कर्मचारीले पाउने दैनिक भत्ता तथा भ्रमण खर्च बापतको रकमको फा“टबारी र भ्रमण भत्ताको बिल साबिक कार्यालयमा पेश
गर्नु पर्नेछ ।
(ख) खण्ड (क) बमोजिम प्राप्त फा“टवारी उपर सम्बन्धितस्थानीय निकायले जा“चबुझ गरी नियम अनुसार पाउनुपर्ने रकम भुक्तानी दिनु पर्नेछ । यसरी भुक्तानी गर्दादेहाय बमोजिम गर्नु पर्नेछ ः–
(१) प्रथम र द्वितीय तहका कर्मचारीलाई सम्भवभएसम्म छोटो र मितव्ययी हवाई मार्गबाटभ्रमण गर्दा लाग्ने हवाई भाडा वा बस भाडा,यस नियमावली
बमोजिम पाउने दैनिक भत्ता रफुटकर खर्च बापत एकमुष्ट एक हजार रुपैया“ दिनु पर्नेछ ।
(२) तृतीय तहका कर्मचारीलाई हवाई मार्गबाटभ्रमण गर्दा कम खर्चिलो हुने भएमा लाग्ने हवाई भाडा वा बस भाडा यस नियमावली बमोजिम पाउने
दैनिक भत्ता र फुटकर खर्च बापत एकमुष्ट एक हजार रुपैया“ दिनु पर्नेछ ।
(३) सरुवा, बढुवा वा कायम मुकायम भई जा“दा यातायातको सुविधा नभएको स्थानमा पैदल हिंड्नु पर्दा प्रतिदिन छ कोषका दरले भ्रमणमा लाग्ने दिन
गणना गरी दैनिक भत्ता दिनु पर्नेछ । पदैल हिंडनु पर्ने कोषलाई पा“चले भाग गर्दा बा“की रहन आउने भएमा बा“की कोषको लागि आधा दिनको
दैनिक भत्ता दिनु पर्नेछ ।
(४) सरुवा, बढुवा वा कायम मुकायम भई खटिएको कार्यालयमा हाजिर हुन जाने कर्मचारीलाई परिवार लैजाने प्रयोजनका लागि निजले खण्ड
(क) वा (ख) बमोजिम पाउने रकम बराबर थप गरिदिनु पर्नेछ । तर फूटकर खर्चको थप दिइने छैन ।
(५) यस उपनियम बमोजिम भ्रमणमा खटिने कर्मचारीले मागपत्र र स्वीकृतिपत्र देखि बाहेक अरू बिल भर्पाई पेश गर्नु पर्ने छैन ।
(३) मुलुकभित्र वा बाहिर हवाइजहाज, पानीजहाज, रेल, बस, मिनिबस आदि साधनद्वारा भ्रमण गर्दा कर्मचारीले खटिएको ठाउ“मा जा“दा र सो
ठाउ“बाट फर्की आउ“दा भ्रमण वा काज अवधिभर सात लाख पचास हजार रुपैया“को बीमा गराउनका लागि लाग्ने खर्च पाउनेछ ।
(४) कुनै कर्मचारी जुन सुकै कारणबाट स्थानीय सेवाबाट अलग भई घर फर्कनु परेमा निज जुन तहबाट सेवा अलग भएको हो सोही तह अनुसार यस
नियमावली बमोजिम दैनिक भत्ता तथा भ्रमण खर्च निजलाई वहाल टुटेको कार्यालयबाट दिइनेछ । तर त्यस्तो सुविधा अस्थायी कर्मचारीलाई दिइने
छैन ।
(५) कुनै कर्मचारीको आफू खटिएको जिल्लामा मृत्यु भएमा निजको पति वा पत्नीलाई घर फर्कदा यस नियमावली बमोजिम पाउने दैनिक भत्ता तथा
भ्रमण खर्च कर्मचारी खटिएको कार्यालयबाट दिइनेछ ।
(६) हवाई यातायातबाट यात्रा गर्दा कम खर्चिलो हुने भएमा अधिकार प्राप्तअधिकारीले जुनसुकै तहको कर्मचारीलाई पनि हवाई यातायातको साधन प्रयोग
गर्ने आदेश दिन सक्नेछ । यसरी आदेश दि“दा कुन स्थानबाट कुन स्थानसम्म हवाई
(७) सरुवा वा बढुवा भई जाने अवस्थामा बाहेक अन्य अवस्थामा भ्रमणमा खटिने कर्मचारीले भ्रमण समाप्त भएपछि नियमानुसार पाउने दैनिक भत्ता
तथा भ्रमण खर्चको बिल भरी सात दिन भित्र भ्रमण प्रतिवेदन साथ आवश्यक बिल भर्पाई सम्बन्धित कार्यालयमा पेश गर्नु पर्नेछ ।
तर उडान बीमाको हकमा सो बीमाको नम्बर मात्र पेश गरे हुन्छ ।
(८) जिल्ला भित्रको ठाउ“ ठाउ“को दूरीको विवरण सम्बन्धित जिल्ला विकास समितिले तयार गरी राख्नु पर्नेछ र जिल्ला भित्रका सबै स्थानीय
निकायलाई उपलब्ध गराउनु पर्नेछ ।
(९) स्थानीय निकायको काममा स्थानीय निकायका कर्मचारी तथा पदाधिकारी बाहेक अन्य व्यक्तिलाई नेपालभित्र वा विदेशमा भ्रमण गराउने निर्णय
भएमा निजले पाउने दैनिक भत्ता तथा भ्रमण खर्च र अन्य सहुलियत सम्बन्धित निर्णयमा उल्लेख भए बमोजिम हुनेछ । तर यस्तो दैनिक तथा भ्रमण
भत्ताको दर प्रथम तहको कर्मचारीको भन्दा बढी हुने छैन ।
(१०) स्थानीय निकायको कामको सिलसिलामा कुनै कर्मचारी हवाइजहाजद्वारा विदेशमा यात्रा गर्नु पर्दा इकोनोमि क्लासको भ्रमण खर्च पाउनेछ ।
(११) कुनै कर्मचारीलाई अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार, समारोह, निमन्त्रणा, बैठक, तालीम, अध्ययन भ्रमण र अन्य कुनै स्थानीय निकायको कामको
सिलसिलामा अनुसूची–१५१ मा उल्लिखित मुलुकहरूको भ्रमणमा जा“दा सोही अनुसूचीमा व्यवस्था भए बमोजिमको दरले दैनिक भत्ता दिइनेछ ।
तर होटलको बिल पेश गरेको खण्डमा बास खर्च बापत बिल बमोजिमको रकम र सो मुलुकको लागि तोकिएको दैनिक भत्ता दरको चालिस
प्रतिशत मात्र दैनिक भत्ता दिइनेछ । बास खर्च दैनिक भत्ता दरको रकम भन्दा बढी भुक्तानी हुने छैन । तर यस उपनियम बमोजिम विदेश जा“दा
यस नियमावली बमोजिम दैनिक भत्ता पाउनेमा प्रस्थान गरेको दिनको पूरै र भ्रमणबाट फर्केको दिनको हकमा सो दिनभन्दा अघिल्लो दिनको
लागि पाउने दैनिक भत्ताको आधा पाउनेछ ।
(१२) उपनियम (११) बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार, समारोह, निमन्त्रणा, वार्ता वा बैठकमा जा“दा कुनै मित्रराष्ट्र वा अन्तर्राष्ट्रिय संस्थाको
तर्फबाट खाना बस्नको प्रबन्ध भई पकेट खर्च बापत रकम दिने व्यवस्था नभएकोमा त्यस्ता कर्मचारीलाई प्रतिदिन दश अमेरिकी डलर पकेट खर्चको
रूपमा दिइनेछ । तालिम वा अध्ययनको लागि गएकोमा पकेट खर्च दिइने छैन ।
(१३) कुनै मित्रराष्ट्र वा अन्तर्राष्ट्रिय संस्थाबाट खान बस्नको लागि रकम नै दिने भएमा उपनियम (१२) बमोजिम पकेट खर्च दिइने छैन ।तर तालिम वा
अध्ययन बाहेक उपनियम (११) बमोजिम अन्य काममा जा“दा उपनियम (१२) बमोजिम पाउने त्यस्तो रकम यस नियमावली बमोजिम पाउने
दैनिक भत्ताभन्दा कम हुने भएमा त्यसरी कम भए जति रकम दैनिक भत्ताको रूपमा दिइनेछ ।
(१४) कुनै कर्मचारी जुन देशमा जाने भनी खटिएको छ सो देशमा आउ“दा जा“दाबाटामा पर्ने मुलुकहरूमा ती मुलुकहरूमा जति पाउने भनी व्यवस्था
भएको छ सोही बमोजिम मात्र पाउनेछ ।
(१५) उपनियम (११) बमोजिम विदेशमा जा“दा वा आउ“दा बाटोमा पर्ने कुनै मुलुकमा रात बिताउनु पर्दा सवारी साधन उपलब्ध गराउने
संस्थाले खाने बस्ने प्रबन्ध नगरेकोमा त्यस्तो रात बिताएको अवस्थामा उपनियम (११) बमोजिम खर्च दिइनेछ ।
(१६) अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार आदिमा जा“दा बाटामा लाग्ने दिन रसम्मेलन शुरु हुने अघिल्लो दिनदेखि समाप्त भएको भोलि पल्टसम्मलाई जति
दिन लाग्छ त्यसभन्दा बढी आफू खुशी मुकाम गरेकोमा दैनिक भत्ता दिइने छैन ।
(१७) उपनियम (११) बमोजिम विदेशमा जा“दा अपर्झट बिरामी परी अस्पताल भर्ना भई उपचार गराउनु परेमा त्यस्तो उपचारको लागि भएको प्रमाणित
रकम सम्बन्धित संस्थाले नव्यहोरेको खण्डमा स्थानीय निकायले भुक्तानी दिनेछ ।
(१८) यस नियमावलीमा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची– १५१ को प्रकरण (५) मा उल्लेख भएका भारतका सीमावर्ती शहरहरूमा
भ्रमण गर्नु पर्दा अनुसूची–१५१ को प्रकरण (२) को खण्ड (क) बमोजिमको दैनिक भत्ता र उपनियम (११) बमोजिम बास खर्च दिइनेछ ।
(१९) अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार, बैठक, निमन्त्रणा, प्रतिनिधिमण्डल, तालिम,अध्ययन, उत्सव मेला आदिमा भाग लिन स्थानीय निकायबाट खटिई
जाने प्रथम र द्वितीय तहका कर्मचारीलाई सात हजार रुपैया“ र तृतीय तहका कर्मचारीलाई पा“चहजार पा“चसयरुपैया“ लुगा भत्ता बापत दिइनेछ ।
तर साधारणतया जाने कार्यक्रम निश्चित नभई कुनै पनि कर्मचारीलाई लुगा भत्ता दिइने छैन ।
(२०) उपनियम (१९) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा लुगा भत्ता दिइने छैन ।
(क) तालिम बाहेक नेपाल अधिराज्यको सीमानास“ग जोडिएको विदेशी सीमाना क्षेत्रमा जा“दा,
(ख) कुनै विदेशी सरकार वा संघ संस्थाहरूबाट लुगा भत्ता दिइने व्यवस्था भएमा ।
(२१) उपनियम (१९) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम जाने कार्यक्रम निश्चित भई लुगा भत्ता दिइसकेपछि स्थानीय निकायको निर्णयले जान नपाउने
भएमा सोध लुगा भत्ता बापत पाएको रुपैया“ सम्बन्धित कर्मचारीले सो रकम बुझेको मितिले पैंतीसदिनभित्र फिर्ता गर्नु पर्नेछ ।
(२२) लुगा भत्ता पाउने कर्मचारीले स्वयं जान नचाहेमा वा राजीनामा दिएमा वा स्थानीय निकायको नोकरीबाट अलग भएमा जान नचाहेको वा
राजीनामा स्वीकृत भएको वा नोकरीबाट बर्खास्त भएको पैंतीस दिनभित्र एकमुष्ट रकम फिर्ता गर्नु पर्नेछ ।
(२३) उपनियम (२२) बमोजिमको अवस्था परी जान नपाउने भए लुगा भत्ता लिने कर्मचारी बहालवाला भए तलब खुवाउने अधिकारीले निजको
तलबबाट कट्टा गरी असुल गर्नु पर्नेछ र बहाल टुटेको भए पैंतीस दिनभित्र फिर्ता बुझाउनु पर्नेछ । पैंतीस दिनभित्र त्यस्तो रकम फिर्ता
नबुझाएमा लुगा भत्ता बापत पाएको रुपैया“ निजस“ग प्रचलित कानून बमोजिम सरकारी बा“की सरह असूल उपर गरिनेछ ।
(२४) नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व भएको संस्थाबाट वास्थानीय निकायबाट एक पटक लुगा भत्ता पाएको कर्मचारीले सो लुगा भत्ता
पाएको मितिले दुई वर्ष भुक्तान नभई अर्को लुगा भत्ता पाउने छैन ।
(२५) लुगा भत्ता निकासा लिनेले दोहोरो पर्ने गरी लिनु हु“दैन । जानी जानी यस्तो दोहोरो पर्ने गरी लिनेलाई विभागीय कारबाही गरी बिगो र बिगो
बमोजिम जरीवाना गरी असुल गरिनेछ ।
(२६) अन्तर्राष्ट्रिय सम्मेलन आदिमा भाग लिन नेपाल सरकार वा स्थानीय निकायबाट खटिई वा तालिममा विदेश जानेले कुनै सरकारी वा अन्य कुनै
संस्थाबाट लुगा भत्ता पाएमा यस नियमावली बमोजिम पाउने नपुग रकम मात्र स्थानीय निकायबाट थपदिइनेछ ।
(२७) उपनियम (२०) बमोजिम पाउने लुगा भत्ता सम्मेलन, सेमिनार, बैठक, तालीम, अध्ययनमा भाग लिन जानु अघि कारणवश भुक्तानी लिन
नपाई फर्की आए पछि सोधभर्ना भुक्तानी लिएकोमा उपनियम (२४) को प्रयोजनको लागि भाग लिन गएको मितिबाट दुई वर्षको अवधि गणना
गर्नुपर्नेछ ।
(२८) निमित्त वा कायम मुकायम भएको कर्मचारी विदेश भ्रमणमा जाने भएमा निजलाई निमित्त वा कायम मुकायम भएको पदले पाउने दैनिक तथा
भ्रमण भत्तादिइनेछ ।
(२९) यस नियमावली बमोजिम पाउने सुविधा लिने प्रयोजनको लागि झुठ्ठा विवरण पेश गरी भुक्तानी लिएको ठहरेमा झुट्ठा विवरण पेश गरी भुक्तानी
लिएको रकमको दोब्बर रकम स्थानीय निकायको सेवामा भए पाउने तलबबाट कट्टा गरी लिइनेछ र अन्यको हकमा निजले पाउने जुनसुकै
रकमबाट कट्टा गरिनेछ र कट्टा नगरेमा सम्बन्धित स्थानीय निकायले त्यस्तो कट्टा नगर्ने कर्मचारीको तलब समेतबाट असुल उपर गर्नु पर्नेछ र
निजलाई विभागीय कारबाही समे